एम.एन.ओ समाचार

 
मंगोल नेशनल अर्गनाईजेशन पात्ले गाउँ सभाको गठन सम्पन्न l


एकाइऔं शताब्दि अहिन्दु मूलबासी मंगोल मुक्तिको शताब्दि हो । यहाँका ८० % अहिन्दु मूलबासी मंगोल र उत्पीडित समुदायलाई न्यायीक समन्ता दिलाउन एकात्मक अतिवादी हिन्दुहरुलाई परास्त गर्न एक जुट  भै कथित एकात्मक हिन्दु अहंकारी ,सामन्तवादी र साम्राज्यवादी सामु उत्रिनै पर्छ भन्ने विचार धारणालाई साथ लिदै  मंगोल नेशनल अर्गनाईजेशन  पात्ले गाउँ सभाको गठन यही मिति २०७०/०७ / १७ गते गरियो l यस मंगोल नेशनल अर्गनाईजेशन पात्ले गाउँ सभाको गठन  मंगोल नेशनल अर्गनाईजेशन ओखलढुंङ्गा जिल्ला सभाका अध्यक्ष आङ दावा शेर्पा र मंगोल नेशनल अर्गनाईजेशन जिल्ला  सभाका  सदस्य बजेन्द्र राईको मुख्य अतिथिमा ९ कार्यसमिति सहितको मंगोल  नेशनल अर्गनाईजेशन पात्ले गाउँ सभाका गठन सम्पन्न गरियो l
  मंगोल नेशनल अर्गनाईजेशन  पात्ले गाउँ सभाका कार्यसमितिका पदाधिकारीहरु निम्न प्रकारका छन् :
 कर्म शेर्पा -  पात्ले -६  -अध्यक्ष  
आङ फुर्वा शेर्पा -पात्ले -३ मूल - सचिव 
आङ दामी शेर्पा -पात्ले -३ -  सचिव 
याङ्जुम शेर्पा- पात्ले -४ -कोषध्यक्ष 
पेम्बा छिरी शेर्पा-पात्ले ३ -सदस्य 
जोम्बेले शेर्पा -पात्ले -६ - सदस्य 
पसी शेर्पा -पात्ले ६ - सदस्य 
ङ्वांङ् निमा शेर्पा -पात्ले -४ -सदस्य 
नुरी शेर्पा - सदस्य






















मंगोल नेशनल अर्गनाईजेशनको तर्फबाट  २०७० सालको दोश्रो संविधानसभामा ओखलढुंङ्गा  जिल्लाको  क्षेत्र न १ बाट प्रथमचोटी आफ्नो उम्मेदवार दिनुभएका प्रत्यक्ष उम्मेदवार आङ दावा शेर्पाले पहिलो चोटीमै जनताको मन मुटु जित्न सफल भई १८२ मत सहित आफ्नो राजनैतिक यात्रामा कदम अगि सार्नु भएको छ l यो खुसि  उहाँ र उहाँको  परिवारको लागि मात्र नभएर ओखलढुंङ्गा जिल्लामा  बसोबास गर्ने सम्पूर्ण अहिन्दु मुलबासी मंगोलहरुको निम्ति हो l अहिन्दु मुलबासी मंगोलहरुको थलो भएको ओखलढुंङ्गा जिल्लामा एउटा सुनौलो बिहानीको सुरुवात हुने  संकेत  देखिएको छ l जय मंगोल









मंगोल नेशनल अर्गनाईजेशन ओखलढुंगा जिल्लाका उम्मेदवारहरु 
प्रत्यक्ष उम्मेदवारी
 अहिन्दु मुलबासी मंगोलहरुको घना बस्ती रहेको जिल्ला ओखलढुंगा बाट नि यसपालि उम्मेदवारी चैन भएको l मंगोल नेशनल अर्गनाईजेशन केन्द्रिय  सभा काठमाडौँले गरेको  छलफलमा  यही  मङ्सिर   गते २०७० मा हुने दोश्रो संविधानसभाको चुनावका लागि  ओखलढुङगा  जिल्लाको तर्फबाट  केन्द्रिय पदेन सदस्य आङ दावा शेर्पाले  प्रत्यक्ष सदस्य  कानुरी शेर्पालाई  समानुपातिक रुपमा उम्मेदवारी चैन गरियो  l  नेपालमा रहेका विभिन्न हिन्दु -आर्यनहरुको पार्टीले नेपालका अहिन्दु मूलबासी मंगोलहरुलाई ४५० वर्षदेखि  सम ,दाम दण्डभेद  प्रयोग  गरी अहिन्दु मूलबासी मंगोलहरुको हक अधिकार छिन्दै आएको l यसै  कारणले सम्पूर्ण अहिन्दु मूलबासी मंगोलहरु एक जुट हुनै पोर्छ अहिन्दु मूलबासी मंगोलहरुलाई आवाहन गर्छौ l मंगोल नेशनल आर्गनाइजेशनमा आवद्ध भई अहिन्दु मूलबासी मंगोलहरुको शिक्षा,स्वास्थ्य आर्थिक सम्वृद्धि गरौ l हिन्दु आर्यहरुको पार्टीमा बसेर हाम्रो अहिन्दु मंगोल पुर्खाको अपमान नगरौ भन्दै ओखलढुंगा जिल्ला सभाका अध्यक्ष तथा केन्द्रिय पदेन सदस्य  आङ दावा शेर्पाले आफ्नो विचार पुस्टि गर्नु भयो l उहाँले विगत  २२ वर्षदेखि ट्रेक्किंग व्यवसाय  लगनशील रुपमा  संचालन गर्दै आइरहनु भएका छन्उहाँको विचारमा पर्यटन व्यवसायलाई राम्रो रुपमा संचालन गरेको खण्डमा नेपालको सारा जनसंख्याको आर्थिक स्तारको वृद्धि हुने प्रस्ट पर्नु भएको l   यति मात्र नभएर  उहाँ  नेपाल-स्लोभाक  मैत्री संघका प्रेसिडेन्ट समेत हुनु  हुन्छयसै संघ मार्फत उहाँले ओखलढुंगा जिल्लाको पात्ले गा वि समा रहेको सरकारी विधयालय श्री शिवालय माध्यमिक बिधयालयलाई कक्षा १० सम्म पुराउन  सहयोग गर्नु भएको थियो  l यही बिधयालयमा शेर्पा भाषा विज्ञान विषय पढाउने शिक्षकको मासिक तलब नि उहाँले वर्ष सम्म लगातार जुटाएर सहयोग गर्नु भएको थियो  l त्यसैगरी २०६९ सालमा पात्ले गा वि मा अन्धकारबाट मुक्त गराउन लगभाग ६०  घरलाई सोलार लाईट पनि प्रदान गर्नु भएका थियो  l  केन्द्रिय पदेन सदस्य आङ दावा शेर्पाको विचारमा "हामी अहिन्दु मूलबासीहरुको हक हित सुरक्षित हामी अहिन्दु मूलबासी बाहेक अरु हिन्दु आर्यनहरुले गर्दैनन् किनभने यो देश हामी अहिन्दु मूलबासीहरुको हो l"  त्यसैले आफ्नो हक हित सुनिश्चित गराउनको लागि यसपालिको दोश्रो संविधानसभाको चुनावमा शत प्रतिशत भोट अहिन्दु मुलबासी मंगोल उम्मेद्वारीहरुलाई दीऊसमानुपातिक उम्मेदवार सदस्य कानुरी शेर्पा खिजीफलाटे गा वि का हुन् l उहाँ मंगोल नेशनल अर्गनाईजेशनमा प्रवेश गरेको हालसालै भएनी उहाँले थोरै समयमै मंगोलको बारेमा धेरै प्रचार प्रसार गरिसक्नु भएको l ओखलढुङगा जिल्लाका सम्पूर्ण जिल्ला  निवासीहरुलाई  हामी मूलबासी मंगोलको तर्फबाट के  भन्न चाहन्छौ भने उहाँहरु  दुई  जनालाई शत प्रतिशत भोट दिइ  अहिन्दु मूलबासी मंगोलहरुको हक हित सुनिश्चित गरौ  l अहिन्दु मूलबासी मंगोलहरुको  हातबाट संविधान निर्माण हुनमा योगदान  पुराउ l जय मंगोल


भेट्दा जयै  मंगोल छुट्दा जयै  मंगोल ,जयै मंगोल हाम्रो प्राण हो l यही मुख्य नारालाई साथ लिदै आज मिति
  / /   गतेमा चुच्चेपाटी स्थित हिमाली शेर्पा समाजमा मंगोल नेशनल अर्गनाइजेशन केन्द्रयसभाको परिचय -परिक्षण कार्यक्रम मन कुमार गुरुङ को सभापतित्वमा  सस्थापक प्रेसिडेन्ट डा .गोपाल गुरुङ् को प्रमुख अतिथिमा  मंगोल नेशनल अर्गनाइजेशन केन्द्रयसभाको    सचिव बुद्धिलाल मेचे  मंगोल नेशनल अर्गनाइजेशन केन्द्रयसभाका  परचार - प्रसार  बिभागसचिव दीलीप यांगमाली तथा विभिन्न जिल्लाका वरिष्ठ केन्द्रिय सदस्य विभिन्न जिल्ला सभाको अध्यक्ष तथा मंगोल प्रेमीहरुको माझ सफलताका साथ सम्पन्न भएको lकार्यक्रमको सुरुमा प्रमुख अतिथि लगायत सम्पूर्ण वरिष्ठ केन्द्रिय सदस्य तथा जिल्ला सभाको अध्यक्षहरुलाई खादक लगाई हार्दिक स्वागतका साथ आफ्नो आफ्नो स्थानमा आसन ग्रहण गर्न अनुरोध गरियो l त्यसपछि स्वागत मन्तव्य गरियो l यस परिचय परिक्षण कार्यक्रमको मूल उद्देश्य भनेको नै सुतेको मूलबासी मंगोललाई उठाउनु हो l नेपाल राष्ट्र हामी मूलबासीहरुको घर हो ,यो घरलाई हामी आफै बाहेक अरु कसैले नि बनाउदैन भनेर आफ्नो मन्तव्यलाई पस्कदै थिए उदयपुर जिल्लाको वरिष्ठ केन्द्रिय सदस्य बिर लाल वालाहाङ l आफ्नै भुमिमा नि सुकुमबासीको जीवन बिताइरहेको अवस्थामा भनेर मंगोल नेशनल अर्गनाइजेशनका एक मात्र महिला केन्द्रिय सदस्य सरस्वती लिम्बुले आफ्नो मन्तव्य मार्फत प्रस्तुत गर्नु भयो l मूलबासी मंगोल समुदाय जहाँ गएपनि एकनासको हुने कुरा प्रस्तुत गर्नु भयो इलाम जिल्लाको केन्द्रिय सदस्य सुर्य गुरुङले आफ्नो मन्तव्य मार्फत प्रेसिडेन्ट  डा गोपाल गुरुङको पुस्तकहरु अध्ययन गर्न हौसला दिनु भयो। कार्यक्रमको अन्ततिर  प्रमुख अतिथिले सस्थापक प्रेसिडेन्ट  डा गोपाल गुरुङ आफु  अस्वस्थ रहेर  पनि उहाँले उपस्थित मंगोल प्रेमी समुदायहरुलाई अहिन्दु मूलबासी मंगोलहरुको हक हित अधिकार प्राप्तिको लागि लडिरहनु पर्ने अबको संबिधान सभामा मंगोल नेशनल अर्गनाइजेशनले ७५ वटै जिल्लाबाट उम्मेदवारी उठाउने घोषणा गर्नु भयो l
मंगोल समुदायलाई उठेर जुटेर अगि बढन जरुरत भएको कुरालाई पुष्टि गर्दै सभापति मन कुमार गुरुङले कार्यक्रमको समापन गर्नु भयो l
जयै  मंगोल  जयै


Mongol National Organization
Central Assembly Member 6-4-2013 Kathmandu, Nepal  Meet with Mr. Oidov Nyamdavaa (PHD) Head World Center for Mongol Original Peoples & His Team from Mongolia.
1.Mr. Surya Gurung
2. Mr. Santosh Tamang
3. Miss. Saru Limbu Mongol
Mongol National Organization
General Member
1.Mr. Ang Dawa Sherpa
2.Mr. Jiban Mongol
 
 
मंगोल नेशनल अर्गनाईजेशनको संस्थापक प्रेसिडेन्ट डा. गोपाल गुरुङद्वर संस्थापक प्रेसिडेन्ट डा. गोपाल गुरुङद्वरा केन्द्रीय सम्पर्क सभामा पदोन्नत्ती हुनु भएको ओखलढुङ्गा जिल्ला निवासी आङदावा शेर्पालाई खादक लागैदिनु हुदैँ