प्रतिबद्धता

 
 सम्पूर्ण ओखलढुंङ्गाबासी आमा- बुवा दिदी- बहिनी दाजु - भाईहरुलाई सर्वप्रथम अहिन्दु मूलबासी मंगोलको तर्फबाट  चुनावी न्यानो अभिवादन जय मंगोल l हामी सम्पूर्ण ओखलढुंङ्गाका अहिन्दु मूलबासी मंगोलले हिन्दु आर्यन बाहुनहरुको पार्टीलाई यस दिनसम्म शत प्रतिशत भोट दिएर उनीहरुको कार्यकर्तालाई बिजयी गराइरहेका छौ तर विजय भैसकेपछि  उनीहरु  हामी अहिन्दु मूलबासीको आँगनमा पाइला टेक्न समेत हिच्किचौछन  l अब हामी आफै सचेत हौ कि भोट उनीहरु जस्ता घुस्तिग्रेलाई दिने कि आफ्नै मूलबासी मंगोललाई दिने भनेर l यी हिन्दु आर्यनहरुको पार्टीका नेता कार्यकर्ताहरुको मुखमै बिलौने मिठा कुराकानीमा नफस्न मंगोल नेशनल अर्गनाइजेशन तपाईहरुसंग हार्दिक अनुरोध गर्दछौ l
यसपालि २०७०/०८/०४ मा  हुन लागेको दोश्रो संविधानसभाको चुनावमा ओखलढुंङ्गा  जिल्लाबाट मंगोल नेशनल अर्गनाइजेशनको तर्फबाट प्रत्यक्षमा क्षेत्र बाट आङ दावा शेर्पा क्षेत्र बाट बजेन्द्र राईले उम्मेदवार दिएका छन् l यसपालि चाहिँ ओखलढुंङ्गाबासीलाई के अनुरोध गर्न चाहन्छौ भने हिन्दु आर्यनहरुको कार्यकर्तालाई भोट दिएर आफ्नो खुट्टामा आफैले बन्चरोले नहान्नुहोस्  भन्न चाहन्छौ l उनीहरुलाई दिने एक भोट हाम्रै अहिन्दु मूलबासी मंगोलहरुलाई दिएर आफ्नो हक हित सुनिस्चित पारौ आगामी पिडिको भविष्य पनि सुनिस्चित पारौ  l  यसपालि ओखलढुंङ्गा जिल्लाको प्रत्यक्ष रुपमा उम्मेदवार दिनु भएका आङ दावा शेर्पा ट्रेकिङ् व्यवसायका प्रबन्ध निर्देशक हुनुहुन्छ l यस ओखलढुंङ्गामा रहेको पिके डाँडाबाट सगरमाथाको दृश्य साथै पुर्व  -पश्चिम -उतार-दक्षिन सबै दिशाबाट नेपालको हिमशिखरहरुको रोमणचक दृश्य देख्न सकिन्छ l  ओखलढुंङ्गा जिल्ला भौगोलिक प्राकृतिक रुपमा एक सुन्दर भुमि भएकोले ओखलढुंङ्गा- रुम्जाटार - पात्ले-पिके ,लामुजे , ताक्लुङ्ग देम्बा -थोले जस्ता रमणीय ठाउँहरुलाई पर्यटकीय स्थल सुनिश्चित  गराई ओखलढुंङ्गा जिल्लालाई एक पर्यटकीय भुमि बनाउने घोषणा गर्नु भएको l त्यसैगरी ओखलढुंङ्गामै अवस्थित पोकली झरनामा पर्यटक खेल Canoeing  को स्थापना गरि  विभिन्न  देशका पर्यटकहरु  भित्राई यहाँको आर्थिक आम्दानीको मुख्य  स्रोत बनाउने अठोट गर्नु भएको l पर्यटकीय रुपमा मात्र नभएर शिक्षा ,स्वास्थ्य  तथा  युगकवि सिद्धिचरण श्रेष्ठले आफ्नो कवितामा बयान गरेको जस्तै :
तिम्रै सुन्दर हरियालीमा
तिम्रै शितल बच्स्थलमा ,यो कविको शैशव काल बित्यो
हाँस्यो खेल्यो वनकुञ्ज गुम्यो
मेरो प्यारो ओखलढुंङ्गा , मेरो प्यारो ओखलढुंङ्गा ,

सुन्दर हरियाली ओखलढुंङ्गाको निर्माणमा जोड दिने उहाँको प्रतिबद्धता रहेको जानकारी भएको l यति मात्र नभएर हिमालको चिसॊ हावा छुने ओखलढुंङ्गामा विभिन्न जडिबुटी जस्तै यार्शागुम्बा ,पाँचआम्ले ,गोब्रेसल्ला लोक्ता पपेर,चिरैतोको नि खेती बढाएर राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा उपलब्ध गराई ओखलढुंङ्गा जिल्लामा बसोबास गर्ने मूलबासी मंगोलहरुको आर्थिक स्तरमा नि  वृद्धि गराउने उहाँले प्रस्ट पर्नु भएको l ओखलढुंगा जिल्लालाई अहिन्दु मूलबासी मंगोलहरुको थलोको रुपमै संसारलाई चिनाउने उहाँको बाचा अठोट रहेको l

मंगोल नेशनल अर्गनाइजेशन संविधान सभामा पुगेपछि
मंगोल नेशनल अर्गनाइजेशन संविधान सभामा किन जाने? किनभने अहिन्दु मूलबासी मंगोल ५०० बर्षको हिन्दु आर्यनहरुको शासन शोषणबाट उठ्न नसक्ने स्थितिमा पुराएको l आफ्नै देशमा शरणार्थी मात्र बनाइएको होइन राष्ट्र नै नहुने जनजाति बनाउने षड्यन्त्रमा यिनीहरु एकजुट भएका छन् l त्यो षड्यन्त्रलाई निर्मुल पारिदिएर नेपालमा नया विचार नया नेपालको सिर्जना गरेर हाम्रो भावी पिडिको सुरक्षा सुनिश्चित भविष्य ल्याउन संविधान तयार पार्नको लागि l
.गणतन्त्र धर्म निरिपेक्षा प्रन्तियतालाई संविधानमा लेख्ने काम हुनेछ l
.राष्ट्रिय पशु गाई होइन कस्तुरी मृग राखिने l
.झन्डा बदल्ने -सरकारी भाषा खास भाषा बाहेक अंग्रेजी हिन्दी पनि थपिने क्यालेन्डर सन् वा नेवारी नेपालीमा मात्र राखिने l
.रोम बिधान संबिधानमा समावेश गरिने l
. राजपरिवारको समस्त जग्गा अधिकरण गर्ने भूमिहीन जोताहामा बाडिनु पार्ने किटान संविधानमा राखिने l
.राजपरिवारको समस्त सम्पति गरिव घरवार बिहिनलाई निस्पक्ष रुपमा वितरण गरिनु पर्ने किटान संविधानमा राखिने l
. गम्भीर भ्रष्टाचारी कालो सुचिमा परेकाहरुलाई कारवाही गरिनु पर्ने संबिधानमा किटान हुनेछ सपथ ग्रहण गर्दा हुदै नभएका कल्पित ईश्वरलाई साँची राखेर होइन जनतालाई साँची राखेर गरिनु पर्ने l
. काँग्रेस लगायत कतिपय पार्टीका नेताहरुले बोल्दा लोकतन्त्र अथवा गणतन्त्र शब्दको बदलामा प्रजातन्त्र शब्द उच्चारण गर्न लागेका छन् l यसले पनि तिनीहरु राजा राख्न चाहन्छन भन्न प्रस्टयाउछ l अब फेरी राजा राख्ने जमर्को भयो भने जनताको छोरा छोरी राष्ट्रपति हुने ठाउँमा त्यसो नभए केहि वर्षा भित्रनै अर्को कहाली लाग्दो विष्फोट हुनेछ ,हुनसक्छ l त्यसले राजा रानीको स्थिति फ्रान्सको १७९१ -१७९२ तिरको जस्तो दुरदिन निम्त्याउछ l यसकारण वर्तमान नेपालमा शरणार्थी भएर भित्रेका तर आज मालिक भएर प्रत्येक नेपालीलाई जन्मदै २० हजार ऋण बोक्नु पर्ने बनाएर अहिन्दु मूलबासी मंगोलको मुलुक नेपाललाई बन्दकी राखेर धनी भएका शासनमा बसी शोषण गर्नेहरुले ठुलो पश्चाताप गर्नु पर्ने l पद पैसा भए मसल पावर (Muscle power) मनि पावर (Money Power) भए  जे पनि गर्न सकिन्छ भन्ने दिवा सपना बोकेकाहरुले यो कल्पना समय छदै छोडीदिउन l

मंगोल नेशनल अर्गनाइजेशन शक्तिमा पुगेपछि
नेपाल लोकतान्त्रिक ,धर्म निरपेक्ष ,प्रान्तीय सरकारको मुलुक बन्ने ,यसो भएपछि के हिन्दु के अहिन्दु सबैले राष्ट्रपति ,प्रधानमन्त्री ,प्रधान न्यायधीश ,प्रधान सेनापति बन्न पाउने l राजाको राजा हुने जन्मसिद्ध अधिकारको अन्त्य हुनेछ नेपालमा बस्न चाहे अरु नागरिक सरह भएर बस्न सक्नेछ l प्रत्यक्ष निर्वाचन प्रणालीको आधारमा राष्ट्रपति चुनिने l
.लोकतान्त्रिक
.धर्म निरपेक्ष प्रान्तीय सरकार बन्नेछ तर राज्यहरु कुनै समुदायको नाममा नभएर जस्तै तमुवान ,मगरात ,लिम्बुवान  भनेर होइन नदीनाला पहाड पर्वतको नाममा राखिने l
नेपालका अहिन्दु मूलबासी मंगोलहरु संसारको कुनै पनि भेगबाट आफ्नो घर फर्कन चाहेको खण्डमा बिना कुनै अड्चन नागरिकता दिने l
.सबैको प्रतिक सबै समुदाय अटाउने झन्डा तयार गरिने l
.राष्ट्रिय सरकारको हातमा वैदेशिक नीति टक्सार ,रक्षा ,गृह संचार राखी अन्य अधिकार प्रान्तीय सरकारलाई सुम्पने l
.सेनामा भर्ना गरिदा सबै प्रान्तबाट कोटा निर्धारण गरिने l
.सबै समुदायको भाषालिपिलाई प्राथमिक स्तर बाट नै इक्षिक बिषयको पढ़ाई हुने प्रबन्ध गरिने l
.विदेशी मुलका भ्रष्टाचारी बाट जनतालाई मुक्ति दिन टोल ,बडा ,गाउँ ,नगर ,क्षेत्र जिल्लाहरुमा भ्रष्टाचारीहरुलाई बिनास गर्ने क्रान्तिकारी कार्यक्रम पार्टीले संचालन गर्ने l
.मंगोलहरुको आचरण कर्मलाई विकृति देखाई आफु माथिल्लो वर्गको भन्ने ब्राह्मणबादीहरुको अधर्मी अमानविय क्रियाकलापहरुको भण्डाफोर गरि स्वच्छ भ्रष्टाचार मुक्त न्यायिक समाज राष्ट्रको निर्माण गरिने l
                                                      चुनाब प्रचार प्रसार समिति
                                             मंगोल नेशनल अर्गनाइजेशन (एम.एन. )