Saturday, May 17, 2014

प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति
आदरणीय पत्रकार बन्दुहरु
मंगोल नेशनल अर्गनाईजेशनको चौथो राष्ट्रिय महाधिवेशन २०७१ पौष १५ ,१६ १७ गते पूर्वको सुन्दर नगरी सुनसरी जिल्लाको धरानमा सम्पन्न गर्नको लागि यही बैशाख २५ देखि २७ गते सम्म सुनसरीको धरानमा संगठनको मूलसचिव शान्तिलाल धिमालको अध्यक्षतामा बसेको केन्द्रिय सभाको बैठकले केन्द्रिय सदस्य सुर्य गुरुङको संयोजकत्वमा २५ सदस्यीय मूल आयोजक सभा गठन गरेको l
     लोकतन्त्र .धर्मनिरपेक्ष संघियताका माग मुद्धा लिएर संगठनले लडेकै कारण संगठनलाई १८ वर्षसम्म निर्वाचन आयोगले दल दर्ता दिएनन् भने संगठनको संस्थापक प्रेसिडेन्ट डा. गोपाल गुरुङले तिन वर्ष जेल सजाय पाँच वर्ष भूमिगत जीवन बिताउनु पारेको थियो l २०६२/०६३ को जनआन्दोलनले मुलुकमा लोकतन्त्र घोषणा भएपछि मात्र २०६४ माघ १५ गते निर्वाचन आयोगले संगठनलाई दर्ता दिन बाध्य भयो l एमएनओ यसका संस्थापक प्रेसिडेन्ट डा .गोपाल गुरुङको विषयमा विदेशी अमेरिकी लेखिका डा .सुजन हयान्गेंनले अनुसन्धान गरेर डक्टरेट पिएचडी गरेकी छिन् l आज सम्म विदेशी लेखकहरुले नेपालको कुनै पनि राजनीतिक दल नेताको विषयमा रिसर्च गरेको छैनन् l पहिलो राष्ट्रिय महाधिवेशन -२०५५ ,इलाममा .दोश्रो राष्ट्रिय महाधिवेशन -२०६१ झापामा तेस्रो राष्ट्रिय महाधिवेशन -२०६६ इलाममा सम्पन्न भईसकेको l


सुर्य कुमार गुरुङ
संयोजक

चौथो राष्ट्रिय महाधिवेशन